काठमाडौं । पाकिस्तानका सोहेब मक्सुदले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट गुमाउने भएका छन् ।
ब्याट्सम्यान मक्सुदले ढाडको तल्लो भागको चोटको कारण विश्वकप गुमाउने भएका हुन् ।
मक्सुदको स्थानमा पाकिस्तानले उनको स्थानमा सोएब मलिकलाई टिममा बोलाएको छ ।
पाकिस्तानले यस अघि पनि विश्वकप खेल्ने टिममा तीन खेलाडी परिवर्तन गरेको थियो ।
टी-ट्वान्टी विश्वकप युएई र ओमानमा संयुक्त रुपमा आयोजना हुँदैछ । विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ ।
पाकिस्तान बाबर आजमको स्थानमा मैदान उत्रनेछ ।
पाकिस्तान सुपर १२ को समूह २ मा रहेको छ ।
यस समूहमा भारत समेत रहेको छ ।
पाकिस्तानले पहिलो खेलमै भारतसँग खेल्नेछ ।
पाकिस्तानले भारतसँग अक्टोबर २४ मा प्रतिस्पर्धा गर्नेछ ।
भारत र पाकिस्तानबीचको खेल दुबईमा हुनेछ ।