फ्रेन्ड्स क्लब पुगे आशीष
आइतबार, १३ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। मिडफिल्डर आशीष चापागाँई फ्रेन्ड्स क्लब पुगेका छन्।
चर्च बोइज युनाइटेडलाई ‘ए’ डिभिजनमा उकालेका उनलाई फ्रेन्ड्सले राष्ट्रिय लिगका लागि अनुबन्ध गरेको हो।
उनले चर्च बोइजबाहेक नेपाल सुपर लिग (एनएसएल)मा इलाम डे मेची र काठमाडौं रेजर्सबाट खेलिसकेका छन्।
यस्तै, भुटानी क्लब फुएन्शोलिङबाट पनि उनले केही समय खेलेका थिए।
राष्ट्रिय लिग पुस २५ बाट सुरु हुँदैछ। प्रतियोगितामा शीर्ष डिभिजनका १३ र प्रेसिडेन्ट लिगबाट छनोट भएका चारगरि कूल १७ टोलीको सहभागिता रहनेछ।





-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)


-1775312592574.webp&w=3840&q=75)


