बीपीएलमा सन्दीपको टोलीको पहिलो हार

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध राजशाही वारियर्सले बंगलादेश प्रिमियर लिग (बीपीएल)मा पहिलो हार बेहोरेको छ।
शनिबार सम्पन्न खेलमा ढाका क्यापिटल्ससँग राजशाही ५ विकेटले पराजित भएको हो। राजशाहीले दिएको १३३ रनको लक्ष्य पछ्याएको ढाकाले १८.५ ओभरमा ५ विकेट गुमाउँदै १३४ रन बनायो।
पहिलो खेलमा राजशाहीले सिल्हेट टाइटन्सलाई ८ विकेटले पराजित गरेको थियो। ढाकाको भने यो पहिलो खेल हो।
ढाकालाई जित दिलाउन अब्दुल्लाह मामुनले सर्वाधिक ४५ रनको योगदान दिए। ३९ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे।
राजशाहीले मोहम्मद नवाजले सर्वाधिक ३ विकेट लिए। सन्दीपको नाममा एक विके रह्यो।
त्यसअघि सिल्हेट अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको राजशाहीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन बनाएको थियो।
राजशाहीका कप्तान नजमुल हसेन शान्तोले सर्वाधिक ३ रन बनाए। नवाजले अविजित २६ रन बनाउँदा मुस्फिकर रहिमले २४ रनको योगदान दिए।
ढाकाका इमाद वासिमले सर्वाधिक ३ विकेट लिए।














