काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले हार व्यहोरेको छ ।
आइतबार राति भएको खेलमा बायर्न फ्रान्कफर्टसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
बायर्न घरेलु मैदानमै पराजित भएको हो । बायर्नको यो सिजनको पहिलो हार समेत हो ।
खेलको २९ औं मिनेटमा लियोन गोरेटज्काले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।

तर, ३२ औं मिनेटमा मार्टिनले गोल गर्दै फ्रान्कफर्टलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८३ औं मिनेटमा फिलिप कोस्टिकले गोल गर्दै फ्रान्कफर्टलाई २-१ को जित दिलाए ।
यस जितसँगै १३ औं स्थानको फ्रान्कफर्टले ७ खेलमा ८ अंक जोडेको छ ।
बायर्न १६ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ ।