शुक्रबार, ०४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

श्रीलंकाले हामीलाई आश्चर्यचकित पार्नेछ : अल्मुताइरी

आइतबार, १७ आश्विन २०७८खेलपाटी संवाददाता
श्रीलंकाले हामीलाई आश्चर्यचकित पार्नेछ : अल्मुताइरी
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले श्रीलंकालाई हराउन सहज नहुने बताएका छन् ।

माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप अन्तर्गत श्रीलंकाविरुद्धको खेल अघि प्रशिक्षक अल्मुताइरीले श्रीलंकाविरुद्धको खेल चुनौतिपूर्ण हुने बताएका छन् ।

'श्रीलंकाविरुद्धको खेल चुनौतीपूर्ण हुनेछ । सजिलो हुनेछैन । हामीले श्रीलंकाविरुद्ध कम्तिमा एक अंक बटुल्ने अपेक्षा लिएका छौ,' प्रशिक्षक अल्मुताइरीले प्रि म्याच कन्फरेन्समा भने, 'मलाई थाहा छ श्रीलंकाका खेलाडीहरु ट्याकलमा आक्रामक छन् । तर, उनीहरुको आक्रामक खेलको फाइदा उठाउने छौ ।'

नेपालले दोस्रो खेलको रुपमा भोलि सोमबार श्रीलंकाविरुद्ध खेल्दैछ । नेपाल र श्रीलंकाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

प्रशिक्षक अल्मुताइरीले श्रीलंकाले नेपाली टिमलाई आश्चर्यचकित बनाउने समेत बताए ।

'उनीहरुले हामीलाई आश्चर्यचकित पार्नेछ । श्रीलंकाको टिम राम्रो छ र बलियो टिम हो । बंगलादेशविरुद्ध राम्रो खेल्यो । तर उनीहरुको रणनीतिलाई लिएर आफूहरु अलमलमा छौँ,' उनले भने ।

No description available.

नेपालले पहिलो खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।

नेपाललाई जित दिलाउन मनिष डाँगीले निर्णायक गोल गरेका थिए । नेपाल तीन अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

श्रीलंका भने पहिलो खेलमा पराजित भएको थियो । श्रीलंकाले बंगलादेशलाई खेल १-० ले सुम्पिएको थियो ।

यस्तै प्रशिक्षक अल्मुताइरीले श्रीलंकाविरुद्धको खेल फाइनल सरह भएको बताए ।

'भोलीको हाम्रो खेल राम्रो हुनेछ र अहिले हामी श्रीलंकासँगको खेलमा केन्द्रीत छौ । भोलीको खेल हाम्रो लागी फाईनल सरह हुनेछ र हामीले अवश्य जित्नुपर्छ,' उनले थपे ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अपराजित रहँदै आर्मी च्याम्पियन

अपराजित रहँदै आर्मी च्याम्पियन

इलाम गोल्डकपको ट्रफी अनावरण

इलाम गोल्डकपको ट्रफी अनावरण

सिल्भा यो सिजनको अन्त्यमा क्लब छोड्दै

सिल्भा यो सिजनको अन्त्यमा क्लब छोड्दै

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अपराजित रहँदै आर्मी च्याम्पियन

अपराजित रहँदै आर्मी च्याम्पियन

इलाम गोल्डकपको ट्रफी अनावरण

इलाम गोल्डकपको ट्रफी अनावरण

बाह्रखरी गल्फ १९ गते

बाह्रखरी गल्फ १९ गते

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

बास्केटबल र फुटसल हुने

बास्केटबल र फुटसल हुने

 टी–२० आई टोलीमा फर्किए कुशल

टी–२० आई टोलीमा फर्किए कुशल

टी–२० आईमा नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने

टी–२० आईमा नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने

सिल्भा यो सिजनको अन्त्यमा क्लब छोड्दै

सिल्भा यो सिजनको अन्त्यमा क्लब छोड्दै