काठमाडौं । इटालियन सिरी ए फुटबलमा साविक विजेता इन्टर मिलानले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा इन्टरले सासोउलोलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
इन्टरको जितमा इडेन जेको र लाउटरो मार्टिनेजले एक एक गोल गरे ।
सासोउलोका डोमिनिको बेरार्डीले एक गोल गरे ।

खेलको २२ औं मिनेटमा बेरार्डीले पेनाल्टीबाट गोल गर्दै सासोउलोलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ५८ औं मिनेटमा जेकोले गोल गर्दै इन्टरलाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ७८ औं मिनेटमा मार्टिनेजले पेनाल्टीमा गोल गर्दै इन्टरलाई २-१ को जित दिलाए ।
यस जितसँगै इन्टरले ७ खेलमा १७ अंक जोडेको छ ।
इन्टर दोस्रो स्थानमा उक्लिएको छ ।
सासोउलो ७ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।