काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड बराबरीमा रोकिएको छ ।
शनिबार भएको खेलमा युनाईटेड एभरटनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा सुरुआती अग्रता जोगाउन नसक्दा युनाईटेडले अंक बाड्नु परेको हो ।
खेलको ४३ औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए ।

तर,खेलको ६५ औं मिनेटमा एन्द्रोस टाउनसेन्टले गोल गर्दै एभरटनलाई १-१ गोलको बराबरीमा ल्याए ।
यस्तै खेलको ८५ औं मिनेटमा एभरटनका एरी मिनाको गोलले मान्यता पाएन ।
भीएआरमा उनको गोल अफसाइड देखिएको थियो ।

यस बराबरीसँगै युनाईटेडले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।
युनाईटेड ७ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
एभरटन १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
