डिबालाले विश्वकप छनौट गुमाउने
शनिबार, १६ आश्विन २०७८खेलपाटी संवाददाता

काठमाडौं । अर्जेन्टिनाका फरवार्ड पाउलो डिबालाले चोटको कारण विश्वकप छनौटका खेलहरु गुमाउने भएका छन् ।
विश्वकप छनौट खेल्ने अर्जेन्टिनाको टोलीमा परेपनि डिबालाले खेलहरु गुमाउने भएका छन् ।
युभेन्टसका फरवार्ड डिबालाले छनौट अन्तर्गत पाराग्वे, उरुग्वे र पेरुविरुद्धको खेल गुमाउने भएका हुन् ।
२७ वर्षीय डिबालाले सिरि ए लिग अन्तर्गत साम्पडोरियाविरुद्ध ३-२ को जित निकाल्दा तिघ्राको चोट बोकेका थिए ।
डिबालाले बुधबार च्याम्पियन्स लिग अन्तर्गत चेल्सीविरुद्धको खेल समेत गुमाएका थिए ।





-1776247934011.jpg&w=3840&q=75)







