काठमाडौं । स्पेनिस ला लुगा फुटबलमा एथ्लेटिक बिल्बाओका फरवार्ड इनाकी विलियम्सले कीर्तिमान बनाएका छन् ।
स्पेनिस फरवार्ड विलियम्सले ला लिगामा लगातार २ सय ३ खेल खेलाडी खेल्ने कीर्तिमान बनाएका हुन् ।
ला लिगा अन्तर्गत शुक्रबार राति डिपोर्टिभो अलाभेसविरुद्धको खेल खेल्दै विलियम्सले कीर्तिमान बनाएका हुन् ।
विलियम्सले रियल सोसिडाडका पूर्व डिफेन्डर एन्डोनी लारंगाको कीर्तिमान तोडेका हुन् । सन् १९८६ देखि १९९२ सम्म उनले लगातार २ सय २ खेल खेल्दै कीर्तिमान बनाएका थिए ।
२७ वर्षीय विलियम्सले २०१६ को अप्रिल २० पछि ला लिगाको हरेक खेल खेलिरहेका छन् । एट्लेटिको मड्रिडविरुद्धको त्यस खेलपछि उनले लगातार ला लिगा खेल खेलेका छन् ।

विलियम्सले लगातार २ सय ३ खेल खेल्दा ३९ गोल र २५ असिस्ट गरेका छन् ।
यस सिजन उनले लगातार आठ खेल खेलिसकेका छन् ।
विलियम्सले कीर्तिमान पूरा गरेको खेलमा बिल्बाओले अलाभेसलाई हराएको छ ।
घरेलु मैदानमा बिल्बाओले अलाभेसमाथि १-० को जित निकालेको हो ।
बिल्बाओको जितमा राउल गार्सियाले निर्णायक गोल गरे ।
