प्रशिक्षणमा फर्किए रासफोर्ड
शनिबार, १६ आश्विन २०७८खेलपाटी संवाददाता

काठमाडौं । म्यानचेस्टर युनाईटेडका फरवार्ड मार्कस रासफोर्ड प्रशिक्षणमा फर्किएका छन् ।
काँधको चोटको सफल शल्यक्रियापछि आराम गरिरहेका रासफोर्ड प्रशिक्षणमा फर्किएका हुन् ।
२३ वर्षीय फरवार्ड रासफोर्ड शुक्रबारबाट प्रशिक्षणमा फर्किएका हुन् ।
'मार्कस आजबाट पूर्ण ट्रेनिङमा फर्किएका छन्,' मुख्य प्रशिक्षक सोल्सायरले भनेका छन् ।
लामो समयबाट देखिएको काँधको चोटबाट मुक्त पाउन रासफोर्डले शल्यक्रिया गरेका थिए ।
रासफोर्डले जुलाईबाट कुनैपनि खेल खेलेका छैनन् ।
इंग्ल्यान्डका फरवार्ड रासफोर्डले गत सिजन३७ प्रिमियर लिगमा ११ गोल गरेका थिए ।





-1776247934011.jpg&w=3840&q=75)







