काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिल्बाओले संघर्षपूर्ण जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा बिल्बाओले डिपोर्टिभो अलाभेसमाथि १-० को जित निकालेको हो ।
घरेलु मैदानमा बिल्बाओलाई जित दिलाउन राउल गार्सियाले निर्णायक गोल गरे ।
उनले खेलको ४४ औं मिनेटमा गोल गरेका थिए ।

त्यसअघि खेलको नवौं मिनेटमा गार्सियाले पेनाल्टीमा गोल गर्न सकेनन् ।
उनको प्रहार अलाभेसका गोलकिपर फेर्नान्डोले बचाउ गरेका थिए ।
यस जितसँगै बिल्बाओले आठ खेलमा १३ अंक जोडेको छ ।
बिल्बाओ लिगको छैटौं स्थानमा रहेको छ ।
अलाभेस ३ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।