काठमाडौं । युवा गोलकिपर अरुण ब्लोनले ललितपुरको 'ए' डिभिजन क्लब थ्री स्टारसँग सम्झौता गरेका छन् ।
थ्री स्टारले शुक्रबार गोलकिपर अरुणले क्लबसँग सम्झौता गरेको जनाएको छ ।
गोलकिपर अरुणले थ्री स्टारसँग दुई वर्षको सम्झौता गरेका हुन् ।
सर्लाहीका गोलकिपर ब्लोनले थ्री स्टारसँग सम्झौता गर्न सफल भएको खुसी व्यक्त गरे ।
उनले थ्री स्टारको पहिलो रोजाईका विदेशी गोलकिपर प्रिसोसँग धेरै कुरा सिक्ने विश्वास व्यक्त गरे ।

सहिद स्मारक 'ए' डिभिजन लिग नजिकिदै गर्दा थ्री स्टारले अरुणसँग सम्झौता गरेको हो ।
'ए' डिभिजन लिग कात्तिक २९ बाट सुरु हुनेछ ।
थ्री स्टारले यस अघि कप्तान बिक्रम लामा, डिफेन्डर अनन्त तामाङ, निशान खड्का, निराजन महर्जन, मिडफिल्डर मिक्छेन तामाङ, सन्जोक राई, मनाग्य नकर्मी र निशान खड्कासँगको सम्झौता नवीकरण गरिसकेको छ ।
यस्तै युवा डिफेन्डर आश्विन भट्टराई, युवा विंगर ऋतिक खड्का, मिडफिल्डर लाकेन लिम्बु, आयुश घलान, डोना थापा र डिफेन्सिभ मिडफिल्डर राफायल बिडीएस रिमलाई अनुबन्ध गरेको थियो ।