काठमाडौं । युरोपा लिग फुटबलमा लेस्टर सिटी पराजित भएको छ ।
बिहीबार राति भएको खेलमा लेस्टर पोलिस क्लब लेगिया वार्सजावासँग १-० गोल अन्तरले पराजित भएको हो ।
वार्सजावालाई जित दिलाउन माहिर इम्रेलीले निर्णायक गोल गरे । उनले खेलको ३१ औं मिनेटमा गोल गरेका थिए ।
यस जितसँगै समूह सी को वार्सजावाले २ खेलमा ६ अंक जोडेको छ ।
वार्सजावा समूहको शीर्ष स्थानमा रहेको छ ।
लेस्टर १ अंक जोडेर पुछारमा रहेको छ ।
यसै समूहको अर्को खेलमा इटालियन क्लब नापोली पराजित भएको छ ।
नापोलीलाई स्पार्टक मस्कोले ३-२ गोल अन्तरले हराएको हो ।
मस्को ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
नापोली १ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।