इलाममा मिनी म्याराथन हुने
सोमबार, ११ आश्विन २०७८खेलपाटी संवाददाता

इलाम । इलाममा आगामी असोज २६ गते मिनी म्याराथन हुने भएको छ ।
इलाम नगरपालिका नगर खेलकुद विकास प्रतिष्ठानको आयोजनामा बडा दशैको अवसरमा फुलपातीको दिन १२ किलोमिटर दौड आयोजना गर्न लागिएको हो ।
इलाम नगरपालिका–३ पुवाखोलाबाट इलाम बजारसम्म म्याराथन दौड हुने प्रतिष्ठानका अध्यक्ष विनोद श्रेष्ठले बताए ।
खुल्ला रुपमा सहभागिता हुने प्रतियोगिताको बिजेताले नगद २० हजार रुपैया प्राप्त गर्नेछ ।
दोश्रो हुनेले १५ हजार, तेश्रोले १० हजार चौथो तथा सान्तवनाले ५ हजार तथा पाँचौ देखि दशौ स्थानसम्म आउनेलाई प्रोत्साहन स्वरुप २ हजार रुपैया प्रदान गरिने भएको छ ।






-1765118145135.jpg&w=3840&q=75)





-1765288879802.jpeg&w=3840&q=75)

-1765245125273.webp&w=3840&q=75)

