काठमाडौं । जर्मन बुंडेसलिगामा शनिबार बोरुसिया डर्टमुन्डले बोरुसिया मुन्छेनग्लाडबाखको सामना गर्दैछ र खेल अगाडि प्रशिक्षक मार्को रोसलाई लिएर तनाब छ ।
कारण हो, उनी अघिल्लो सिजनसम्म मुनछेनग्लाडबाखकै प्रशिक्षक थिए, तर यसपल्ट आफ्नै पुरानो क्लबको सामना गरिरहेका छन् मुन्छेनग्लाडबाखका समर्थक उनीदेखि साह्रै रिसाएका छन् ।
रोजको लक्ष्य भने सामान्य छ, मुन्छेनग्लाडबाखविरुद्ध तीन अंक बटुल्ने । उनी भन्छन्, ‘म कुनै प्रकारको तनाव र विवाद चाहन्न । मेरो लागि जित र तीन अंक मात्र ध्यानमा रहेको छ ।’
मुन्छेनग्लाडबाख आफै पनि रोजले छाडेयता समस्याबाट गुज्रिरहेको छ, किनभने टिमको खराब प्रदर्शनको कारण रेलिगेसन क्षेत्रमा रहेको छ ।
डर्टमुन्ड भने तेस्रो स्थानमा छ र शीर्ष स्थानमा रहेको बायर्न म्युनिकभन्दा चार अंकले पछाडि छ । बायर्नले शुक्रबराको खेलमा ग्रुथर फर्थलाइ हराइसकेको छ ।
रोज आएयता डर्टमुन्डले पछिल्ला चार खेल जितेको छ र यसमा इर्लिङ लयमा देखिएका छन् । उनले पाँच खेलमा सात गोल गरिसकेका छन् ।
यस साताका खेलबायर्न म्युनिक–ग्रुथर फर्थ (बायर्न विजयी)
आरबी लाइपजिग–हर्था बर्लिन
फ्रायन्कफर्ट–कोलोन
लेभरकुजन–मेन्ज
युनियन बर्लिन–बेलेफेल्ड
होभनहायन–उल्भ्सबर्ग
मुन्छेनग्लाडबाख–बोरुसिया डर्टमुन्ड
बोखक–स्टुटगार्ट
फ्रेइबर्ग–अगसबर्ग