काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले फ्रेन्च लिग वान अन्तर्गत मोन्टपेलियर विरुद्धको खेल गुमाउने भएका छन्।
चोटको कारण मेस्सीले मोन्टपेलियरविरुद्धको खेल गुमाउने भएका हुन् ।
पीएसजीले मेस्सीको घुँडामा समस्या देखिएको जनाएको छ ।
पीएसजीले शनिनर मोन्टपेलियरविरुद्ध खेल्दैछ ।
यस अघि मेस्सीले मेट्जविरुद्धको खेल गुमाएका थिए ।
यस्तै मेस्सीले गत आइतबार लियोनविरुद्ध समेत पूरा खेल खेल्न पाएका थिएनन् ।
उनलाई सब्टिच्युट गरिएको थियो ।
