बार्सिलोनामा कहिले नसकिने समस्याहरू
२०२१ सेप्टेम्बर २४, शुक्रबारखेलपाटी संवाददाता

काठमाडौं । साँच्चै भन्दा बार्सिलोना ठूलै समस्यामा छ । रोनाल्ड कोमन अझै पनि क्लबका प्रशिक्षक छन् । उनी बस्छन् र अथवा जान्छन्, कसैले केही निर्णय गरेको छैन् । धेरै कुरा गुपचुप भइरहेका छन् । यी कुरा पनि परस्पर विरोधी देखिन्छन् । तर स्थिति त्यस्तै जस्तो छ, जस्तो पहिले थियो।
काडिजविरुद्धको खेलमा बार्सिलोनाको प्रदर्शन केही सुधारिएको त थियो, तर जित निस्केन् ।
कोमनले यसका लागि धेरै हदसम्म रेफ्रीलाई दोष पनि दिएका छन् । अनि आफ्ना खेलाडीको सकारात्मक मनस्थितिको प्रशंसा पनि गरेका छन् । अहिले तत्काल सबैले बार्सिलोनामा आ–आफ्नो भूमिका निभाइरहेका छन् । कम्तीमा लेभान्टेविरुद्धको खेल अगाडिसम्म कोमन नै प्रशिक्षक रहने छन्, यदी केही नाटकीय भएन् भने ।
कोमनले लगातार भनिरहेका छन्, आफूले धेरै ठूलो गर्न सक्ने केही होइन् । उनलाई के पनि राम्रोसँग थाहा छ भने बार्सिलोनाले यसपल्ट च्याम्पियन्स लिगमा गर्न सक्ने पनि केही होइन् । उनको खुबै आलोचना पनि भइरहेको छ, विशेषत: क्लब अध्यक्ष जोन लापोर्टाकै तर्फबाट । तर बार्सिलोना बोर्ड आफै भने डच प्रशिक्षकसँग नाखुस पनि देखिन्न ।
यता मैदानमा भने उनी आफ्नो योजना अनुसार नयाँ खेलाडीलाई मौका दिइरहेका छन् । खेल रणनीति ४–३–३, ३–५–२ र ४–२–३–१ बीच फेरबदल भइरहेको छ । लापोर्टा पनि आफ्नै धुनमा छन् । सबैलाई के पनि थाहा छ भने उनका लागि कोमन प्रिय प्रशिक्षक होइनन् । उनी कोमनको विकल्प खोजिरहेका छन् ।
त्यसैले पनि कोमन कहिले बर्खास्तीमा पर्छन्, त्यो खालि समयको खेल मात्र हो । जहाँसम्म प्रशंसकको कुरा छ, तिनीहरू रंगशालाका दर्शकदीर्घामा फर्कन थालेका छन् । तिनको समर्थन टिममै छ, भलै केही खेलाडीलाई आलोचना पनि गर्छन् । समग्रमा भन्दा अहिले बासिैलोनामा अहिले कहिले पनि नसकिने समस्याहरू छन् । यी एकआपसमा जेलिएका पनि छन् ।
–मार्काको सहयोगमा ।