काठमाडौं । झापाको दमकमा पहिलो संस्करणको रोयल महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
रोयल स्पोर्टिङ क्लब दमकले विजया दशमी तथा दिपावलीको अवसरमा महिला फुटबलको प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ ।
प्रतियोगिता कात्तिक ९ देखि १७ गतेसम्म हुने रोयल स्पोर्टिङ क्लबका सचिव इजु तामाङले जानकारी गराए । यस प्रतियोगिता दमक नगरपालिका मै पहिलो पटक हुन लागेको हो ।
विजेताले ३० हजारसहित ट्रफी र मेडल प्राप्त गर्ने छन् । उपविजेताले २० हजार ट्रफी मेडल प्राप्त गर्ने छन् ।
प्रतियोगितामा झापा, मोरङ, इलाम र सुनसरीका क्लबको सहभागिता रहने छ ।
