काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एमबाप्पेले प्लेयर अफ दि मन्थ अवार्ड जितेका छन् ।
फ्रेन्च लिग वान फुटबलमा अगस्ट महिनाको उत्कृष्ट खेलाडी बन्दै एमबाप्पेले प्लेयर अफ दि मन्थ अवार्ड जितेका हुन् ।
एमबाप्पेले छैटौं पटक प्लेयर अफ दि मन्थ अवार्ड जितेका हुन् ।
फ्रेन्च फरवार्ड एमबाप्पेले अगस्टमा ४ खेल खेल्दै ३ गोल र दुई असिस्ट गरेका थिए ।