बायर्नलाई रोक्न मैदान बाहिर सल्लाह
२०२१ सेप्टेम्बर २४, शुक्रबारखेलपाटी संवाददाता

काठमाडौं । जर्मन बुंडेसलिगामा बायर्न म्युनिखको एकछत्र राज रोक्न केही टिमले प्रयास गर्दै आएका छन्, तर कसैको केही चलेको छैन् ।
सन् २०१२–२०१३ को सिजनयता बायर्नले लगातार लिग उपाधि जितिरहेको छ । पछिल्लो मे बायर्नले लिग जित्ने निश्चित हुँदा त्यो उसले हात पारेको लगातार नवौं उपाधि थियो ।
पछिल्ला केही वर्ष बायर्नलाई रोक्न बोरुसिया डर्टमुन्ड, आरबी लाइपजिग र बायर लेभरकुजनले प्रयास गरेका थिए । मैदानको खेलबाट बायर्नलाई रोक्न नसकेपछि स्वंय बुंडेसलिगाको रोमाञ्चकता पनि कम भएको महसुस हुन थालेको छ । यही कारणले दर्शकको रूचि पनि घट्न थालेको छ ।
आखिरमा कोही कसैले त्यो लिग किन हेरोस, जसको विजेता लगभग निश्चित जस्तै छ । यस्तोमा बायर लेभरकुजनका सीईओ तथा बुंडेसलिगाका अध्यक्ष स्वंय उल्भ्सगंग होज्सरले एउटा उपाय प्रस्ताव गरेका छन् र यसले बुंडेसलिगाको ढाँचालाई परिवर्तन गर्नेछ । उनको दाबी छ, यसले लिग अझै आकर्षक हुनेछ ।
त्यस अनुसार जति बेला लिगका सबै खेल सकिनेछ, शीर्ष चार टिमले प्ले अफमा एक आपसविरुद्ध खेल्नेछन् । त्यसका जो अगाडि रह्यो, त्यही टिम मात्र लिग च्याम्पियन हुनेछ ।
–मार्काको सहयोगमा ।

होज्सरले भनेका छन्, ‘शीर्ष चार टिममध्ये सुरुमा सेमिफाइनल हुनेछ, त्यसपछि फाइनल हुनेछ ।’ निश्चित छ, यो मैदान बाहिरको सल्लाहमा बायर्नको कुनै पनि अर्थमा सहमती हुने छैन् ।
–मार्काको सहयोगमा ।