काठमाडौं । काराबाओ कप (ईएफएल) फुटबलमा लिभरपुलले नर्विच सिटीलाई हराएको छ ।
मंगलबार राति ताकुमी मिनामिनोको दुई गोलको सहयोगमा लिभरपुलले नर्विचलाई ३–० गोल अन्तरले हराएको हो ।
खेलको चौथो मिनेटमा मिनामिनोको गोलमा लिभरपुलले अग्रता बनाएको थियो । दोस्रो हाफमा डिभोग ओगिरीले एनफिल्ड क्लबको अग्रता दोब्बर बनाए ।
खेल सकिन १० मिनेट अघि मिनामिनोले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई सहज जित दिलाए ।

जित सहित लिभरपुल ईएफएल कप फुटबलको चौथों चरणमा प्रवेश गरेको छ ।
दुवै टिमले प्रिमियर लिगको पछिल्लो खेल अनुसार ९ खेलाडी परिवर्तन गरेका थिए ।
लिभरपुल प्रशिक्षक योर्गेन क्लोपले युवा खेलाडी काइडी गार्डन, कोनोर ब्राडली र टायलर मोर्टनलाई नर्विचविरुद्ध सिनियर टिमबाट डेब्यु गराएका थिए।