काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले हंगेरीका दर्शकलाई रंगशाला प्रवेशमा प्रतिबन्ध लगाएको छ ।
फिफाले हंगेरीको आगामी घरेलु मैदानको खेलमा दर्शकलाई प्रतिबन्ध लगाएको हो ।
फिफाको प्रतिबन्धसँगै हंगेरीले घरेलु मैदानको खेल बन्द रंगशालामा खेल्नु पर्ने भएको छ।
गत सेप्टेम्बर २ मा इंग्ल्यान्डविरुद्धको खेलमा समर्थकले विपक्षी टिमका खेलाडीलाई जातीय दुर्व्यवहार गरेपछि फिफाले प्रतिबन्ध गरेको हो ।

विश्वकप छनोट अन्तर्गत भएको त्यस खेलमा इंग्ल्यान्डले घरेलु टिमविरुद्ध ४-० को जित निकालेको थियो ।
त्यस खेलमा इंग्ल्यान्डका रहिम स्ट्रर्लिङ र जुड बेलीङहमविरुद्ध दुर्व्यवहार भएको थियो ।
यस्तै फिफाले हंगेरी फुटबल फेडेरेसनलाई २ लाख स्विस फ्रान्क जरिवाना समेत गरेको छ ।