काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्कीले युरोपियन गोल्डेन शु अवार्ड जितेका छन् ।
सन् २०२०/२१ को सिजन युरोपियन फुटबलमा सर्वाधिक गोलकर्ता बन्दै लेवान्डोस्कीले गोल्डेन शु अवार्ड जितेका हुन् ।
लेवान्डोस्कीले गत सिजन बुन्डेसलिगामा २९ खेलमा ४१ गोल गरेका थिए ।
३३ वर्षीय लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शनले बायर्न बुन्डेसलिगा च्याम्पियन बनेको थियो ।

पोल्याण्डका लेवान्डोस्कीले लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै गोल्डेन शु जितेका हुन् ।
लेवान्डोस्की बुन्डेसलिगा फुटबलमा सर्वाधिक गोलकर्ता समेत बनेका थिए ।
लेवान्डोस्कीले एकै सिजन बुन्डेसलिगामा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान समेत बनाएका थिए ।
लेवान्डोस्कीले बायर्नका लिजेण्ड खेलाडी गर्ड मुलरको कीर्तिमान भङ्ग गरेका हुन् ।
मुलरले सन् १९७१/७२ को सिजन ४० गोल गर्दै कीर्तिमान बनाएका थिए ।
