काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले फ्रेन्च लिग वान अन्तर्गत मेट्जविरुद्धको खेल गुमाउने भएका छन्।
चोटको कारण मेस्सीले मेट्जविरुद्धको खेल गुमाउने भएका हुन् ।
पीएसजीले उनको घुँडामा समस्या देखिएको जनाएको छ ।
पीएसजीले बुधबार राति मेट्जविरुद्ध उसैको मैदानमा खेल्नेछ ।
मेस्सीले आइतबार राति लियोनविरुद्ध समेत पूरा खेल खेल्न पाएका थिएनन् ।
उनलाई सब्टिच्युट गरिएको थियो ।
पीएसजीले लियोनलाई २–१ ले हराएको खेलमा मेस्सीलाई ७५ औं मिनेटमा सब्टिच्युट गरिएको थियो ।
