पोचेटिनोले जे गरे, ठीक गरे, मेसीलाई चोटको डर
मंगलबार, ०५ आश्विन २०७८खेलपाटी संवाददाता

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) का प्रशिक्षक मउरिसो पोचेटिनोले लियोनल मेस्सीलाई सब्टिच्युट गर्दा यी स्टार खेलाडीको रिस सहनु परेको थियो ।
तर आइतबार भएको त्यस खेलको निर्णय सर्वथा ठीक देखिएको छ । अब भन्दा हुन्छ, पोचेटिनोले जे गरे, ठीक गरे ।
लियोनविरुद्ध विजयी गोलका लागि प्रयास भइरहेको बेला पोचेटिनोले मेस्सीलाई मैदान बाहिर निकालेका थिए ।
त्यसको जवाफमा मेस्सीले आफ्ना अर्जेन्टिनी प्रशिक्षकसँग हात मिलाउन मात्र अस्विकार गरेनन्, उल्टै रिसाएर बक्समा बसिरहे । उनको स्थानमा अचरफ हाकिमी मैदान प्रवेश गरेका थिए र यो निर्णय मेस्सीलाई स्विकार्य देखिएको थिएन् ।

पूरा घटना क्रमलाई लिएर पोचेटिनो नरम नै देखिएका छन् र उनले मेस्सीविरुद्ध केही पनि बोलेनन् ।
फ्रान्सेली मिडियाले छापेको समाचारलाई आधार मान्न हो भने मेस्सी अहिलेसम्म पूर्णत: फिट अवस्थामा आएका छैनन् । अहिलेसम्म जति खेले, त्यसले उनको घँडामा दु:ख दिन थालेको छ ।
फ्रान्सेली मिडियाले छापेको समाचारलाई आधार मान्न हो भने मेस्सी अहिलेसम्म पूर्णत: फिट अवस्थामा आएका छैनन् । अहिलेसम्म जति खेले, त्यसले उनको घँडामा दु:ख दिन थालेको छ ।
पीएसजीलाई डर छ, कतै मेस्सी चोटग्रस्त हुने त होइन् । मेस्सीले लियोनविरुद्धको खेल पूरा खेलेको भए, जे पनि हुन सक्थ्यो ।
अहिले पीएसजीको चिकित्सकीय टोली पूर्णत: मेस्सीलाई निगरानी गर्नमा ब्यस्त छ । गत महिना अर्जेन्टिनाका लागि खेल्दादेखि मेस्सी पूर्णत: फिट हुन संघर्षरत छन् ।
–मिररको सहयोगमा ।
अहिले पीएसजीको चिकित्सकीय टोली पूर्णत: मेस्सीलाई निगरानी गर्नमा ब्यस्त छ । गत महिना अर्जेन्टिनाका लागि खेल्दादेखि मेस्सी पूर्णत: फिट हुन संघर्षरत छन् ।
अर्को साता पीएसजीले म्यानचेस्टर सिटीको सामना गर्नेछ, युरोपेली च्याम्पियन्स लिगमा । क्लब चाहन्छ, यस खेलका लागि मेस्सी तयार होस, शतप्रतिशत ।
–मिररको सहयोगमा ।