एजेन्सी । श्रीलंकाका भेट्रान बलर लासिथ मालिंगाले सबै खाले क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।
मालिंगाले मंगलबार सामाजिक संजालबाट सबै खाले क्रिकेटबाट सन्यास घोषणा गरेका हुन्।
मालिंगा श्रीलंकाका विश्वकप विजेता खेलाडी तथा पूर्व कप्तान हुन् ।
मालिंगाको कप्तानीमा श्रीलंकाले २०१४ मा टी-ट्वान्टी विश्वकप जितेको थियो।

३८ वर्षीय मालिंगाले श्रीलंकाका लागि ३० टेस्ट, २ सय २६ एकदिवसीय र ८४ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् ।
मालिंगाले अन्तिम पटक श्रीलंकाका लागि २०२० को मार्चमा वेस्ट इन्डिजविरुद्धको टी-ट्वान्टी खेलेका थिए ।
उनले २०१९ मा एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।
श्रीलंकाका लागि उनले टेस्टमा १ सय १, एकदिवसीयमा ३ सय ३८ र टी-ट्वान्टीमा १ सय ७ विकेट लिएका छन्।