बुधबार, असोज १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. सुखद सुरुवातको योजनामा नेपाल

सुखद सुरुवातको योजनामा नेपाल

२०२१ सेप्टेम्बर १२, आइतबारखेलपाटी संवाददाता

सुखद सुरुवातको योजनामा नेपाल

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज भोलि सोमबारबाट सुरु हुँदैछ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले सोमबार अमेरिकासँग खेल्दै सिरिजको सुरुवात गर्नेछ। नेपाल र अमेरिकाबीचको खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ।

अमेरिकाविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुवात गर्ने योजनामा हुनेछ। तर, बलियो प्रतिद्वन्दीविरुद्ध जित निकाल्न नेपाललाई सहज भने छैन । अमेरिका समेत नेपाललाई हराएर सुखद सुरुवात गर्न चाहन्छ।

यद्दपी लिग–२ अन्तर्गत नै नेपालले घरेलु मैदानमा अमेरिकासँग दुई खेल खेलेको थियो। जसमा नेपालले दुबै खेल जितेको थियो।

जसको कारण नेपाल आत्मविश्वासी भएर मैदान उत्रनेछ । अमेरिका भने नेपालविरुद्ध बदलाको योजनामा हुनेछ ।

सन् २०२० को फेब्रुअरी १२ मा टियु क्रिकेट मैदानमा नेपालले अमेरिकासँग पछिल्लो पटक प्रतिस्पर्धा गरेको थियो। त्यस खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराएको थियो।

अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गरेको थियो।

त्यसअघि फेब्रुअरी ८ मा भएको खेलमा नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो। नेपालले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको अमेरिका ४४ ओभर १ बलमा अलआउट हुँदै १ सय ५५ रनमा समेटिएको थियो।

उक्त सिरिजमा नेपाल ओमानसँगको दुबै खेलमा पराजित भएको थियो। ओमानसँग नेपाल पहिलो खेलमा १८ रन र दोस्रो खेलमा ८ विकेटले पराजित भएको थियो।

नेपालले सिरिजको तयारीका लागि पपुवा न्युगिनी (पीएनजी) सँग दुई एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेलेको थियो। जसमा नेपालले २-० ले क्लिन स्विप गर्यो।

अमेरिकाले समेत पीएनजीविरुद्धको दुबै खेल जितेको थियो ।

नेपालको खेल तालिका :

नेपालले पहिलो खेलमा सोमबार अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।

त्यस्तै नेपालले दोस्रो खेलमा ओमानसँग सेप्टेम्बर १४ (भदौ २९) गते प्रतिस्पर्धा गर्नेछ।

नेपालले तेस्रो खेलमा अमेरिकासँग सेप्टेम्बर १७ (असोज १) गते प्रतिस्पर्धा गर्नेछ।

आफ्नो अन्तिम खेलमानेपालले ओमानसँग सेप्टेम्बर १९ (असोज ३) गते खेल्नेछ।

लिग-२ को अंक तालिका :

यस अघि लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ ।

लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।

ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

ओमानमा रहेको नेपाली टिम :

ज्ञानेन्द्र मल्ल (कप्तान),  कुशल भुर्तेल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी (उपकप्तान), आशिफ शेख, गुलशन झा, कुशल मल्ल,विनोद भण्डारी,करण केसी,सन्दीप लामिछाने,सोमपाल कामी, अविनाश बोहरा, शुशन भारी,शरद भेषवाकर,बिक्रम शोब, पवन सर्राफ,रोहित कुमार 

मुख्य प्रशिक्षक - डेभ वाटमोर

व्यवस्थापक - मोहमद दाउद अन्सारी

टेक्निकल एनालिस्ट - रमण शिवाकोटी

फिजियो - बिक्रम न्यौपाने

ट्रेनर - राकेश गोहिल

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

Bhat Bhateni
रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास

मेसीको गोलसँगै जितको लयमा फर्कियो मियामी

मेसीको गोलसँगै जितको लयमा फर्कियो मियामी

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

पीएसजीलाई रोक्न सक्ने को?

पीएसजीलाई रोक्न सक्ने को?

फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल