पाकिस्तानी टिममा अर्को कलह
२०२१ सेप्टेम्बर ११, शनिबारखेलपाटी संवाददाता

काठमाडौं । पाकिस्तानी क्रिकेट र विवाद कहिले पनि अलग हुने गर्दैन्, यस्तै भन्ने गरिन्छ । अझ के सम्म पनि भनिन्छ भने पाकिस्तानी क्रिकेटको अर्को नाम हो, विवाद ।
अहिले पाकिस्तानी क्रिकेट यस्तै अर्को कलहबाट गुज्रिरहेको छ । ट्वान्टी ट्वान्टी विश्वकप ठ्याक्कै नजिक हुँदा पाकिस्तानी क्रिकेट टिमका प्रशिक्षक फेरिएका छन् ।
एक साता जति भयो, पाकिस्तानी टिमका प्रशिक्षक रहेका मिसबह उल हक र वकार युनिसले राजीनामा दिएको ।
सन् २०१९ मा मात्रै मिसबह र वकारले प्रशिक्षकको जिम्मेवारी पाएका थिए र राजीनामा दिन अगाडि उनीहरूको पाकिस्तानी क्रिकेट बोर्डसँग एक वर्षको अनुबन्ध बाँकी छ ।
एक साता जति भयो, पाकिस्तानी टिमका प्रशिक्षक रहेका मिसबह उल हक र वकार युनिसले राजीनामा दिएको ।
मिसबह प्रमुख प्रशिक्षक थिए भने वकार बलर प्रशिक्षक । अब तिनको स्थानमा आएका छन्, तिनीहरूकै समकालीन रहेका पूर्व खेलाडी सक्लेन मुस्ताक र अब्दुल रज्जाक ।
उनीहरूलाई पूर्णकालीन प्रशिक्षकको जिम्मेवारी दिएको छैन।

सन् २०१९ मा मात्रै मिसबह र वकारले प्रशिक्षकको जिम्मेवारी पाएका थिए र राजीनामा दिन अगाडि उनीहरूको पाकिस्तानी क्रिकेट बोर्डसँग एक वर्षको अनुबन्ध बाँकी छ ।
अब मूल प्रश्न, उनीहरूले किन राजीनामा दिए त ? भन्न त भनिएको छ, यो राजीनामा पछाडि कामको चर्को बोझ, परिवारबाट धेरै लामो समय टाढा रहनु जस्ता कारण छन् ।
तर भित्री कारण अलगै छ र यसका एक मुख्य पात्र हुन्, अर्का पूर्व खेलाडी रमिज राजा । उनी पनि वकारकै समकालीन खेलाडी हुन् ।
तर भित्री कारण अलगै छ र यसका एक मुख्य पात्र हुन्, अर्का पूर्व खेलाडी रमिज राजा । उनी पनि वकारकै समकालीन खेलाडी हुन् ।
उनले हालै भनेका थिए, मिसबह र वकार पाकिस्तानी क्रिकेटका लागि उपयुक्त र सर्वश्रेष्ठ प्रशिक्षक होइनन् । अब यिनै राजा पाकिस्तानी क्रिकेट बोर्डको नयाँ अध्यक्ष बन्दैछन् ।
अब के चाहियो र, मिसबह र वकारले राजाको कुरा बुझिहाले ।
–बीबीसीको सहयोगमा ।
अब के चाहियो र, मिसबह र वकारले राजाको कुरा बुझिहाले ।
पाकिस्तानी क्रिकेटमा शक्तिका लागि संघर्ष लगातार चलिरहने गर्छ । अहिलेको राजीनामा पनि त्यसकै अर्को रूप हो ।
सम्भवत: मिसबह र वकार दुवै राजाको समूहमा होइनन् । त्यसैले आफू बोर्डका अध्यक्ष हुन अगाडि नै राजाले तिनलाई हटाउने उपाय निकालिहाले ।
–बीबीसीको सहयोगमा ।