पाँचौं टेस्ट रद्द भएपछि अब के त ?
२०२१ सेप्टेम्बर ११, शनिबारखेलपाटी संवाददाता

काठमाडौं । कति धेरै निराशा ।
इंग्ल्यान्ड र भारतबीचको टेस्ट सिरिजको अन्तिम खेल रद्द भएपछि अधिकांस क्रिकेट समर्थकले यस्तै भनेको हुनु पर्छ । सिरिज आफैमा निकै रोमाञ्चक मोडमा थियो, भारतलाई २–१ को अग्रता थियो ।
अन्तिम टेस्टको नतिजा जस्तै पनि हुन सक्थ्यो । यो खेल रद्द भएपछि खेलाडी त पक्कै निराश भएकै हुनु पर्छ, यो भन्दा बढी दर्शकलाई दु:ख लागेको हुनु पर्छ ।

चौथो टेस्ट चलिरहेकै बेला भारतीय टिमका प्रशिक्षक रवि शास्त्रीलाई कोभिड १९ ले छोएको थियो । यसै कारण टिमका चार सहयोगी कर्मचारी आइसोलेसनमा गए ।
तिनै सहयोगी कर्मचारीमध्ये एक अर्कोमा पनि कोभिड १९ देखिएपछि भारतले आफ्नो अभ्यास नै स्थगित गरेको थियो र स्थिति नाजुक बनेको थियो।

अन्तिम टेस्ट अगाडि नै सबै भारतीय खेलाडीको परिश्रणमा संक्रमित पाइएको थिएन् । तर स्थिति कति धेरै कमजोर हुँदै गएको थियो भने खेल सुरु हुन खालि दुई घण्टा अगाडि मात्र यो रद्द भएको घोषणा गरिएको थियो ।
प्रश्न त अब के पनि उठेको छ भने के यो टेस्ट रद्द गर्ने निर्णय आफैमा ठीक थियो त ?
यी सबैको उत्तर गाह्रै छ ।
–बीबीसीको सहयोगमा ।