काठमाडौं । इमाडोल युवा क्लबले आफ्नो क्लबमाथि लागेको खेल मिलेमतो (म्याच फिक्सिङ) को आरोपबारे आपत्ति जनाएको छ ।
'सी' डिभिजन लिग छनोट खेलिरहेको इमाडोलले एक विज्ञप्ति निकाल्दै म्याच फिक्सिङको आरोपबारे आपत्ति जनाएको हो ।
क्लबले विभिन्न अनलाईन तथा पत्रपत्रिकामा क्लबको प्रतिष्ठामा आँच आउने गरि म्याच फिक्सिङको अपुष्ट समाचार आइरहेकोमा ध्यानाकर्षण भएको समेत जनाएको छ ।
क्लबले म्याच फिक्सिङको आरोप पुष्टि गर्न चुनौती समेत दिएको छ । यस्तै झुठो आरोप लगाउनेलाई कानुनी कारबाहीमा गरिने जनाएको छ ।
धादिङबाट सी छनोट खेल्न काठमाडौं आएको शुभारम्भ युवा समाजले अर्को सहभागी टिम लगनशिल युवा क्लब र र इमाडोल युवा क्लब बीचको खेलमा मिलेमतो भएको दाबी गर्दै छानविनको माग सहित एन्फामा निवेदन दिएको थियो ।
सुभारम्भ युवा समाजले समूह चरणको अन्तिम खेलमा लगनशिल युवा क्लब र इमाडोल युवा क्लब बीचको खेल मिलेमतोमा भएको दाबी गरेको थियो।

यो पनि ...
सी छनोटमा 'फिक्सिङ'को आशंका !