एजेन्सी । बार्सिलोनाका फरवार्ड सर्जियो अग्युरोले क्लबले आफुलाई १० नम्बरको जर्सी प्रस्ताव गरेको खुलासा गरेका छन् ।
तर उनले क्लबको प्रस्तावलाई आफुलाई अस्विकार गरेको बताए । उनले लियोनल मेस्सीको सम्मानको खातिर बार्सिलोनाको १० नम्बरको जर्सी अस्विकार गरेको बताएका छन् ।
३३ वर्षिय फरवार्ड फ्रि–ट्रान्सफर अन्तर्गत ला लिगा क्लबमा आबद्ध भएका थिए । म्यानचेस्टर सिटीसँग सम्झौता सकिएपछि अग्युरो बार्सिलोना लागेका थिए ।
उनी मेस्सीसँग खेल्नका लागि बार्सिलोनामा आबद्ध भएका थिए । तर मेस्सी आफै बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगे । अग्युरो र मेस्सी दुवै अर्जेन्टिनी राष्ट्रिय टिमका सहकर्मी हुन् । र दुवै एक अर्काका राम्रा साथी पनि हुन् ।
बार्सिलोनामा रहदा मेस्सीले अग्युरोलाई क्लबमा ल्याउन हरसम्भव प्रयास गरेका थिए ।
चोटका कारण अग्युरो बार्सिलोनाबाट मैदान उत्रन पाएका छैनन् । उनै अग्युरोले बार्सिलोनाले आफुलाई १० नम्बरको जर्सी प्रस्ताव गरेको बताएका हुन् ।
पाँच पटकका प्रिमियर लिग विजेतालाई १० नम्बरको जर्सी अस्विकार गरेको प्रश्न सोधिएको थियो ।
'यो त्यस्तो हैन कि मैल चाहेको थिएन । तर यहाँ मेस्सीको सम्मानका लागि त्यो गरिएको हो ।' अग्युरोेले भनेका छन् ।
अग्युरोले बार्सिलोनामा १० नम्बरको जर्सी लगाउनेछन् । जुन जर्सी मेस्सीले सन् २००६ देखि २००८ सम्म लगाएका थिए ।
रोनाल्डिन्होले जर्सीलाई रिटायर गर्न आह्वान गरेका थिए तर बार्सिलोनाले युवा स्टार अंशु फातीलाई १० नम्बरको जर्सी दिने तयारी गरेको छ ।