एजेन्सी । ब्राजिलियन फुटबल लिजेण्ड पेले अस्पताल भर्ना भएका छन् ।
अस्वस्थ्य भएपछि पेले अस्पताल भर्ना भएको ब्राजिलियन मिडियाले जनाएको छ ।
ब्राजिलियन मिडियाले पेले ६ दिन अघि अस्पताल भर्ना भएको जनाएको छ ।
पेलेको शल्यक्रिया गरेर कोलोनबाट ट्युमर निकालिएको बताईएको छ।
‘द ब्लाक पर्ल’ ले चिनिने ८० वर्षीय पेले तीन पटक विश्वकप जित्ने एक्लो खेलाडी हुन् ।
पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा विश्वकप उपाधि दिलाएका थिए ।
पेलेले २१ वर्षे फुटबल करियरमा १३ सय ६३ खेलमा १२ सय ८१ गोल गरेका थिए ।
ब्राजिलका लागि उनले ९१ खेलमा ७७ गोल गरेका थिए ।