काठमाडौं । बालगोपाल महर्जन यू–२३ राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार महर्जनलाई यू–२३ टिमको जिम्मेवारी दिने निर्णय गरेको हो ।
महर्जनको नेतृत्वमा नेपालले आसन्न एएफसी यू–२३ एसियन कप छनोट खेल्नेछ । महर्जनले यसअघि नेपालको राष्ट्रिय टिमलाई समेत हेरिसकेका छन् ।
संगै रोजित केसीलाई सहायक प्रशिक्षक र ललित चन्दलाई गोलकिपर प्रशिक्षकमा नियुक्त गरिएको छ ।
छनोट प्रतियोगिताको समूह बीमा रहेको नेपालले इरान, लेबनान र ताजकिस्तानसंग प्रतिस्पर्धा गर्दैछ ।
नेपालले अक्टोबर २५ मा इरान, अक्टोबर २८ मा ताजकिस्तान र अक्टोबर ३१ मा लेबनानसंग खेल्दैछ ।
प्रतियोगिताका सबै खेल ताजकिस्तानमा हुने तय भैसकेको छ ।
महर्जनको नेतृत्वमा नेपालले गत चैतमा थ्री नेसन्स कपको उपाधि जितेको थियो । कीर्तिस्तान र बंगलादेश सम्मिलित प्रतियोगितामा बालगोपालले नेपाललाई उपाधि जिताएका थिए ।
लगत्तै काठमाडौंमा भएको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिगमा महर्जन नेतृत्वको काठमाडौंले पहिलो संस्करणको उपाधि जितेको थियो ।
एन्फामा नयाँ नेतृत्व आएपछि धेरै अवसर पाउने प्रशिक्षकमा समेत महर्जन जोडिन्छन् ।
राष्ट्रिय टिममा रहदै फ्रेन्चाईज टिम सम्हालेको भन्दै महर्जनको आलोचना समेत भएको थियो ।