काठमाडौं । भारतीय फुटबल टिम स्वदेश फर्किएका छन् ।
नेपालसँगको दुई मैत्रीपूर्ण खेल खेलेर भारतीय टिम आज सोमबार बिहान स्वदेश फर्किएका हुन् ।
भारतीय टिम बिहान ११:५ बजे स्वदेश फर्किएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
भारतीय टिम अगस्ट ३० मा नेपाल एक थिए ।
भारतले आइतबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाललाई २-१ ले हराएको थियो ।
पहिलो खेल भने १-१ गोलको बराबरीमा सकिएको थियो ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलको हो।
साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ।