काठमाडौं। फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा बेल्जियमले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा बेल्जियमले चेक रिपब्लिकलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
खेलको आठौं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए ।
बेल्जियमका लागि लुकाकुको यो १०० खेल हो ।

खेलको ४१ औं मिनेटमा इडेन हाजार्डले गोल गर्दै बेल्जियमको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ६५ औं मिनेटमा एलेक्सिसले गोल गर्दै बेल्जियमलाई ३-० को जित दिलाए ।
जितसँगै बेल्जियमले ५ खेलमा १३ अंक जोडेको छ ।
समूह ई को बेल्जियम शीर्ष स्थानमा रहेको छ ।
चेक रिपब्लिक ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।