काठमाडौं। फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा पोल्याण्डले फराकिलो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा पोल्याण्डले सान मारिनोलाई ७-१ गोल अन्तरले पराजित गरेको हो ।
पोल्याण्डको फराकिलो जितमा एडम बुक्साले ह्याट्रिक गरे ।
यस्तै रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । कारोल स्विडेरस्की र कारोल लिनेट्टीले एक एक गोल गरे ।
सान मारिनोका निकोला नानीले एक गोल फर्काए ।
यस जितसँगै समूह आई को पोल्याण्डले ५ खेलमा १० अंक जोडेको छ ।
पोल्याण्ड समूहको दोस्रो स्थानमा रहेको छ ।
पुछारमा रहेको सान मारिनोले अंक जोड्न सकेको छैन ।