काठमाडौं। फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा जर्मनीले एकतर्फी जित निकालेको छ ।
आइतबार राति भएको खेलमा जर्मनीले अर्मेनियालाई ६-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा जर्मनीलाई जित दिलाउन सर्जी जिनाब्रीले दुई गोल गरे ।
यस्तै मार्को रिउस, टिमो वेर्नेर,जोनास होफ्म्यान र करिम एडेएमीले एक एके गोल गरे ।
एकतर्फी खेलमा छैटौं मिनेटमा जिनाब्रीको गोलबाट जर्मनीले अग्रता बनाएको थियो ।
१५ औं मिनेटमा जिनाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २-० को अग्रता दिलाए ।
खेलको ३५ औं मिनेटमा रिउसले गोल गर्दा जर्मनी ३-० ले अघि रह्यो ।

४५ औं मिनेटमा वेर्नेरले गोल गर्दा जर्मनीले ४-० को अग्रता बनायो ।
खेलको ५२ औं मिनेटमा जोनासले गोल गर्दै टिमको अग्रता ५-० को बनाए ।
त्यसपछि खेलको इन्जुरी समयमा करिमले गोल गर्दै जर्मनीलाई ६-० को जित दिलाए ।
जितसँगै जर्मनी समूह जे को शीर्ष स्थानमा उक्लिएको छ ।
जर्मनीले ५ खेलमा १२ अंक जोडेको छ ।
अर्मेनिया १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।