काठमाडौं। फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा स्पेनले फराकिलो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा स्पेनले जर्जियालाई ४-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा जोसे गयाले १४ औं मिनेटमा गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको २५ औं मिनेटमा कार्लोस सोलेरले गोल गर्दा स्पेनको अग्रता दोब्बर बन्यो ।
४३ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै स्पेनलाई ३-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ६३ औं मिनेटमा पाब्लो सराबियाले गोल गर्दै स्पेनलाई ४-० को जित दिलाए ।
छनोटको समूह बी मा रहेको स्पेनको यो तेस्रो जित हो ।
स्पेनले ५ खेलमा १० अंक जोडेको छ ।
स्पेन शीर्ष स्थानमा रहेको छ ।
जर्जिया १ अंक जोडेर पुछारमा रहेको छ ।
यसै समूहको अर्को खेलमा कोसोभो र ग्रीसले १-१ गोलको बराबरी खेलेका छन् ।