काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा इंग्ल्यान्डले एन्डोरालाई पराजित गरेको छ ।
आइतबार राति भएको खेलमा इंग्ल्यान्डले एन्डोरालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
इंग्ल्यान्डको जितमा जेसे लिंगार्डले दुई गोल गरे । कप्तान ह्यारी केन र बुकायो साकाले एक गोल थपे ।
खेलको १८ औं मिनेटमा लिंगार्डले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए ।
खेलको ७२ औं मिनेटमा कप्तान केनले पेनाल्टीमा गोल गर्दै टिमको अग्रता २-० को बनाए ।

७८ औं मिनेटमा लिंगार्डले व्यक्तिगत दोस्रो गोल गर्दा इंग्ल्यान्ड ३-० ले अघि रह्यो ।
त्यसपछि खेलको ८५ औं मिनेटमा साकाले गोल गर्दै इंग्ल्यान्डलाई ४-० को जित दिलाए ।
यस जितसँगै इंग्ल्यान्डले छनोटमा लगातार पाँचौं जित निकालेको छ ।
समूह आईमा रहेको इंग्ल्यान्डले १५ अंक जोडेको छ । इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहेको छ ।
एन्डोरा ५ खेलमा ३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।