काठमाडौं तेक्वान्दो कार्यसमितिलाई बधाइ
शनिबार, भदौ १९, २०७८खेलपाटी संवाददाता
काठमाडौं। कागेश्वरी मनोहरा नगर खेलकुद विकास समिति, नेसनल ओपन स्काउट क्रु र बाल गीताञ्जली स्कुलले काठमाडौं जिल्ला तेक्वान्दो संघका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीको सम्मानमा शनिबार बधाइ तथा शुभकामना कार्यक्रम आयोजना गर्यो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा, बाल गीताञ्जली स्कुलका प्रिन्सिपल महेन्द्रराज घिमिरे, बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीलगायतले पदाधिकारीहरुलाई कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिदै सर्वसम्मत निर्वाचित टोलीलाई बधाइ दिए ।
सो अवसरमा मेयर थापाले पदाधिकारीहरुलाई प्रशंसा पत्र पनि प्रदान गरे । भदौ ५ गते चावहिलमा भएको संघको दोश्रो अधिवेशनले तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको थियो ।








-1753017726.jpeg&w=3840&q=75)
-1761410041277.webp&w=3840&q=75)






