आइतबार, कार्तिक २४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

सन्दीपले होबार्टबाटै बिग बास खेल्ने

बिहिबार, भदौ १०, २०७८खेलपाटी संवाददाता
सन्दीपले होबार्टबाटै बिग बास खेल्ने
Classic Tech Internet Ad

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै नयाँ सिजनको बिग बास लिग खेल्ने भएका छन् ।

अष्ट्रेलियन फ्रेन्चाईज टिम होबार्टले बिहीबार नयाँ सिजनका लागि सन्दीपको सम्झौता नवीकरण गरिएको जनाएको छ ।

होबार्टले पहिलो अन्तराष्ट्रिय खेलाडीको रुपमा सन्दीपलाई टिममा अनुबन्ध गरिएको जनाएको छ ।

सन्दीपले अघिल्लो सिजन होबार्टबाटै खेलेका थिए । 

सन्दीपले गत सिजन होबार्टका लागि ८ खेल खेल्दै ८ विकेट लिएका थिए ।

त्यसअघि सन्दीपले मेलबर्न स्टार्सबाट बिग बास लिग खेलेका थिए ।  सन्दीप बिग बास लिग खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।

Image

सन्दीपले यस सिजनको लिगमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास लिएको समेत बताएका छन् ।

'गतवर्ष हामीसँग राम्रो समूह थियो । हामीमध्ये धेरै यो वर्ष सँगै खेल्नेछौँ । पुरै सिजन त्यहाँ हुनेमा आशावादी छु,' सम्झौतापछि सन्दीपले भनेका छन्, 'व्यक्तिगत रुपमा बलियो प्रदर्शन गर्दै टिमको सफल वर्षमा योगदान गर्न चाहन्छु ।'

बिग बासको नयाँ सिजन आगामी डिसेम्बर ५ देखि २०२२ को जनवरी २८ सम्म हुने तालिका रहेको छ ।

सन्दीप हाल नेपाली राष्ट्रिय टिमसँग ओमानमा रहेका छन् ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम ओमानमा रहेका छन् ।

सन्दीपले पछिलो समय ठुला फ्रेन्चाईज लिग गुमाएका छन् ।

नेपाली टिमको खेल पर्दा सन्दीपले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी खेल्ने छैनन् ।

सन्दीपले भिषा समस्याको कारण इंग्ल्यान्डको द हन्ड्रेड क्रिकेट र भाइटालिटी टी-ट्वान्टी ब्लास्ट क्रिकेट गुमाएका थिए ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

युएईसँग पनि नेपाल पराजित

युएईसँग पनि नेपाल पराजित

अभिषेक सबैभन्दा छिटो १००० रन बनाउने खेलाडी

अभिषेक सबैभन्दा छिटो १००० रन बनाउने खेलाडी

नेपालको लगातार दोस्रो हार

नेपालको लगातार दोस्रो हार

Bajaj Pulsar Motorcycle Ad
जेम्स थन्डरबोल्ट्स बन्यो स्कुल च्याम्पियन

जेम्स थन्डरबोल्ट्स बन्यो स्कुल च्याम्पियन

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

बायर्नको १६ खेलको जितको शृंखला रोकियो

बायर्नको १६ खेलको जितको शृंखला रोकियो

युएईसँग पनि नेपाल पराजित

युएईसँग पनि नेपाल पराजित

चेल्सीको प्रभावशाली जित

चेल्सीको प्रभावशाली जित

८८१ मिनेटपछि आर्सनलले खायो गोल

८८१ मिनेटपछि आर्सनलले खायो गोल

हारबाट जोगियो युनाइटेड

हारबाट जोगियो युनाइटेड

पथरी गोल्डकपको उपाधि सिरहाको सलहेशलाई

पथरी गोल्डकपको उपाधि सिरहाको सलहेशलाई