काठमाडौं । डिलक्स सेक्युरिटी सर्भिस प्रालिका म्यानेजिङ डिरेक्टर सुनिल केसीले बीएमके श्री कुमारी युवा क्लबलाई खेलकुद सामाग्री सहयोग गरेका छन् ।
सहिद स्मारक 'सी' डिभिजन लिग छनौट प्रतियोगिताको तयारीमा रहेको बीएमके श्री कुमारीलाई केसीले सहयोग गरेका हुन् । केसीले ४६ सेट जर्सी र १३ सेट ट्रयाक सुट सहयोग गरेका हुन् ।
केसीले बीएमकेका मुख्य प्रशिक्षक रोशन राज पन्त र टिम म्यानेजर पुस्कर खड्कालाई खेल सामाग्री हस्तान्तरण गरेका थिए ।
छनौट प्रतियोगितामा बीएमके समूह यू मा रहेको छ ।
छनौट प्रतियोगिता बिहीबारबाट सुरु हुनेछ ।
छनौट प्रतियोगितामा ७८ क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
'सी' छनौटबाट तीन टिम 'सी' डिभिजनमा बढुवा हुनेछन् ।
