काठमाडौं । इटालियन क्लब युभेन्ट्सका मिडफिल्डर आरोन रामसेले चोट बोकेका छन् ।
युभेन्ट्सले मिडफिल्डर रामसेको 'थाइ इन्जुरी' भएको जनाएको छ ।
३० वर्षीय रामसेले उडीनेजेविरुद्धको खेलमा चोट बोकेका थिए ।
चोट बोकेपछि रामसे अनिश्चितकालका लागि मैदानबाट बाहिर रहने युभेन्ट्सले जनाएको छ ।
चोटका बाबजुत रामसे विश्वकप छनोट खेल्ने वेल्सको टिममा भने परेका छन् ।
वेल्सले घोषणा गरेको टिममा उनलाई समावेश गरिएको छ ।
वेल्स एफएले विश्वकप छनोटका लागि २७ सदस्यीय टिमको घोषणा गरेको छ ।
विश्वकप छनोटमा वेल्सले सेप्टेम्बरमा बेलारुस र इस्टोनियासँग खेल्नेछ ।