काठमाडौं । एउटा नयाँ हल्लाले अहिले विश्व फुटबल पिटिरहेको छ र त्यो हो, क्रिस्टियोना रोनाल्डो म्यानचेस्टर सिटी जान सक्छन् । चाहन्छन् पनि । यो पक्कै नयाँ घटनाक्रम हो, भर्खर भर्खर विकास भएको । तर सम्भावना भने पूरापूर छ । टोटनहमबाट ह्यारी केन सिटी आउने सम्भावना झन झन कम भएपछि रोनाल्डोको सम्भावना बढेको हो ।
टोटनहमले केनका लागि जे जति मागेको छ, सिटी त्यति दिन तयार छैन् । केन सिटी जाने सम्भावना अब निकै कम भएको छ । यो सबै त्यस्तो घटनाक्रम हो, जसलाई रोनाल्डोका एजेन्टले नजिकबाट हेरिरहेको छ । यी भित्रिया एजेन्टले हेरिरहेको मात्र छैन्, खासमा सिटी जाने तारतम्य पनि मिलाइरहेको छ ।

यो सबै गृहकार्य सुरु भएको केही घण्टा भएको छ, अझ भनौं एकाध दिन । आफ्नो समाचार सूत्रमा निकै बलियो मानिने फ्रान्सेली खेल पत्रिका ला’इक्विपले त दाबी नै गरेको छ, रोनाल्डो अर्को साता ट्रान्सफर विन्डो बन्द हुन अगाडि नै युभेन्ट्स छाड्न चाहन्छन् । फेरि यी पोर्चुगाली स्टारका लागि अबको सुहाउँदो गन्तब्य भनेको इंग्लिस प्रिमियर लिग क्लब सिटी नै हो ।
यसको एउटा प्रमुख कारण भनेको रोनाल्डो त्यस्ता खेलाडी हुन्, जसको तलब मात्रै वर्षको तीन करोड १० लाख पाउन्ड पुग्ने गर्छ, जुन जो कोही क्लबले पूरा गर्न सक्दैन् । उनको यस्तो उच्च तलब दिन सक्ने भनेको अरबी लगानी भएका क्लब नै हुन् । त्यसमा सबैभन्दा अगाडि आउने नाम त सिटी नै हो ।
अबका घटनाक्रम के हुने हो, त्यो हेर्दै जाउँ, यो खुबै रोमाञ्चक र सनसनीपूर्ण हुनेछ ।

–मिररको सहयोगमा ।