काठमाडौं । इंग्लिस क्लब चेल्सीका डिफेन्डर डेभिड जापाकोस्टा इटालियन क्लब एट्लान्टामा अनुबन्धित भएका छन् ।
सिरी ए क्लब एट्लान्टाले राइट ब्याक जापाकोस्टालाई अनुबन्ध गरिएको जनाएको छ ।
इटालीका डिफेन्डर जापाकोस्टाले एट्लान्टासँग चार वर्षको सम्झौता गरेका छन् ।
चेल्सीमा ४ वर्ष बिताएर जापाकोस्टा पूर्व क्लब फर्किएका हुन् ।
जापाकोस्टा सन् २०१७ मा टोरिनोबाट चेल्सी आएका थिए ।

टोरिनो आउनु अघि उनले एट्लान्टाबाट खेलेका थिए ।
जापाकोस्टाले गत सिजन जिओनाबाट लोनमा खेलेका थिए ।
२९ वर्षीय डिफेन्डर एट्लान्टामा ७७ नम्बरको जर्सी लगाउने छन् ।
एट्लान्टाले इटालीका लागि १३ खेल खेलेका छन ।