काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर फेडेरिको भाल्भर्डेले सम्झौता नवीकरण गरेका छन् ।
रियलले मंगलबार सेन्ट्रल मिडफिल्डर भाल्भर्डेले सम्झौता नवीकरण गरेको जनाएको छ ।
उरुग्वेका मिडफिल्डर सन् २०२७ सम्म रियलमा बस्ने छन् ।
२३ वर्षीय भाल्भर्डे २०१६ मा रियल आएका थिए ।
उनले रियलका लागि १ सय ४ खेल खेलिसकेका छन् ।
रियल आएको एक सिजन पछि उनले सिनियर टिममा डेब्यु गरेका थिए ।
उरुग्वेका लागि उनले २९ खेलमा २ गोल गरिसकेका छन् ।
