काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लबले कोभिड-१९ को 'रेड जोन' मा रहेका राष्ट्रका खेलाडीलाई अन्तराष्ट्रिय प्रतियोगिताका लागि रिलिज नगर्ने भएको छ ।
प्रिमियर लिग क्लबले मंगलबार बेलायत सरकारले 'रेड जोन' मा राखेको राष्ट्रका खेलाडी रिलिज नगर्ने निर्णय गरेको हो ।
कोभिडको महामारीलाई मध्येनजर गर्दै आगामी महिना खेलिने अन्तराष्ट्रिय प्रतियोगिताका लागि 'रेड जोन' का खेलाडी रिलिज नगर्ने प्रिमियर लिग क्लबले जनाएको छ ।
बेलायत सरकारले २६ राष्ट्रलाई 'रेड जोन' मा राखेको छ । र, १९ प्रिमियर लिग क्लबका करिब ६० खेलाडी 'रेड जोन' राष्ट्रका रहेका छन् ।
लिभरपुलले यस अघि नै इजिप्ट र ब्राजिलका खेलाडी रिलिज नगर्ने निर्णय गरिसकेको छ । दुबै राष्ट्र 'रेड जोन' मा छन् ।