काठमाडौं । लिभरपुलका डिफेन्डर एन्डी रोबर्टसनले सम्झौता नवीकरण गरेका छन् ।
लिभरपुलले मंगलबार फूल ब्याक रोबर्टसनले क्लबसँगको सम्झौता नवीकरण गरेको जनाएको छ ।
स्कटल्याण्डका रोबर्टसन अब २०२६ सम्म लिभरपुलमा बस्ने छन् ।
२७ वर्षीय डिफेन्डर सन् २०१७ मा हल सिटीबाट लिभरपुल आएका थिए ।

रोबर्टसनले गत सिजन ३८ प्रिमियर लिग खेल खेलेका थिए ।
यस सिजन रोबर्टसनले चोटको कारण खेलेका छैनन् ।
रोबर्टसनले लिभरपुलका लागि १ सय ७७ खेल खेलेका छन् ।
स्कटल्याण्डका कप्तान समेत रहेका रोबर्टसनले लिभरपुलका लागि प्रिमियर लिग, च्याम्पियन्स लिग, फिफा क्लब विश्वकप र यूईएफए सुपर कप जितेका छन् ।