काठमाडौं । घरेलु टिम इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्टको दोस्रो इनिङ्समा भारतको ब्याटिङ धर्मराएको छ ।
लर्ड्समा जारी टेस्टको चौंथो दिनको खेल सकिदासम्म भारतले १ सय ८१ रन जोड्दा ६ विकेट गुमाएको छ । आइतबारसम्म भारतले इंग्ल्यान्डविरुद्ध १ सय ५४ रनको अग्रता बनाएको छ ।
दोस्रो इनिङ्समा भारतका अजिन्का रहानेले ६१ रनको अर्धशतकीय इनिङ्स खेले । चेतेश्वर पुजाराले ४५ रन जोड्दा रोहित शर्माले २१ रन बनाए । कप्तान विराट कोहली २० रनमा आउट भए । ऋषव पन्त १४ रनमा अविजित छन् ।
इंग्ल्यान्डका मार्क उडले ३ विकेट लिए । मोइन अलीले २ विकेट झारे ।

यस अघि कप्तान जोए रुटको शतक बाबजुत पहिलो इनिङ्समा इंग्ल्यान्ड ३ सय ९१ रन बनाएको थियो ।
पहिलो इनिङ्समा इंग्ल्यान्डका कप्तान रुट १ सय ८० रनमा अविजित रहे ।
यस्तै जोनी बेयर्स्टोले ५७ रनको अर्धशतकीय इनिङ्स खेल्दा रोरी ब्रुन्स ४९ रन बनाए । मोइन अलि २७ र जोस बट्लर २३ रनमा आउट भए ।
भारतका मोहमद सिराजले ४ तथा इशान्त शर्माले ३ विकेट लिए । मोहमद शामीको नाममा २ विकेट रह्यो ।
भारत पहिलो इनिङ्समा ३ सय ६४ रन जोड्दा अलआउट भएको थियो ।
भारतका लागि केएल राहुलले १ सय २९ रनको शतकीय इनिङ्स खेले ।
रोहित शर्मा ८३ रन बनाएर आउट हुँदा कप्तान विराट कोहली ४२ रनमा आउट भए ।
रविन्द्र जडेजाले ४० तथा ऋषव पन्तले ३७ रन बनाए ।
इंग्ल्यान्डका जेम्स एण्डरसनले ५ विकेट लिए । मार्क उड र ओली रोबिनसनले २/२ विकेट लिए ।
पाँच खेलको टेस्ट सिरिज अन्तर्गत वर्षाले प्रभावित पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।