मंगलबार, २२ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

'समयमा रकम निकासा नभए आठौं फेरी सर्न सक्छ'

शुक्रबार, १९ आश्विन २०७५खेलपाटी संवाददाता
'समयमा रकम निकासा नभए आठौं  फेरी सर्न सक्छ'
Loading ad...
mustang rice ad

काठमाडौं । भद्रगोल नेपाली खेलकुदको एउटा साझा समस्या छ, राष्ट्रिय प्रतियोगिता समयमा कहिल्यै नुहने । खेलकुदमा समयको निकै ठुलो महत्व हुन्छ तर नेपाली खेलकुद समयप्रति सधै लापरबाही तरिकाले पेश भईरह्यो । यसका नेतृत्वकर्ताले समयको महत्व कहिल्यै बुझ्न जानेनन ।

खेलाडीको पसिना र रगतको लेखा जोखा गर्ने प्रतियोगिता समयमा आयोजना गर्नेमा कहिल्यै गम्भिर बनेनन् । फेरी एक पटक राष्ट्रिय प्रतियोगिता सरेको छ ।

प्रत्येक दुई बर्षमा आयोजना गर्ने उद्धेश्यकासाथ सुरु भएको आठौ राष्ट्रिय खेलकुद यसपटक समेत निर्धारित मितिमा नहुने भएको छ । प्रतियोगिताको नयाँ मिति माघको अन्तिम साता सारिएको छ ।

के कारणले प्रतियोगिता सार्न पर्यो ? फेरीपनि तोकिएको मितिमै प्रतियोगिता आयोजना हुने ग्यारेन्टी के ? यिनै बिषयमा हामीले आयोजक प्रदेश ५ खेलकुद विकास समितिको अध्यक्ष भिम ओलीसंग कुराकानी गरेका छौ ।

आठौं राष्ट्रिय खेलकुदको मिति किन सार्नुभयो ?

द्रुत गतिमा काम अगाडी बढिरहेको अवस्थामा आठौ राष्ट्रिय प्रतियोगिता सार्न हामी बाध्य भयौ । सहज परिस्थितिमा र मंसिरमै गर्न सक्ने अवस्थामा प्रतियोगिता सरेका हौ । यसको मुख्य कारण ७४ सालमा भएको भौतिक निर्माण सम्बन्धि कामको रकम भुक्तानी समयमै निकासा भएन ।

यसबर्ष बर्षातको समयमा दुई महिना काम रोकियो । साउन र भदौ मध्येसम्म समेत काम रोकिएपछि हामीले मंसिरसम्म काम सक्ने अवस्था थिएन ।

दशै र तिहारमा जति खटेपनि श्रमिक अभाव हुने स्थिती देखा पर्यो । साना कामहरु हुन सक्छन् तर ठुलो काम अघि बढ्न सक्दैनन् । अगाडी रोकिएको कामलाई तत्काल पुरा गर्न सक्ने अवस्था छैन । दुई महिना भनेको दबाबमा काम गर्ने समय हो । भएको कामलाई पलिस गर्ने समय हो ।

राम्रो बनाउने समय हो । यसलाई पुरा गर्नै सक्ने स्थिती छैन । रातलाई दिन बनाएर काम गरेपनि काम पुरा हुन सक्ने अवस्था छ । बाँके, बर्दिया, दाङ, कपिलबस्तु लगायतका जिल्लामा प्रतियोगिताको भौतिक निर्माणको काम अघि बढिरहेको छ । त्यसकारणले आठौं सार्नुपरेको हो ।

रकम निकासा लागि किन समयमै पहल गर्नु भएन ?

पूर्वाधार निर्माणको काम समयमा नसकिनुको मुख्य कारण समयमा रकम निकासा नभएर हो । काम गर्ने ठेकेदार, उपभोक्ता समिति सबैलाई समयका काम गरेको पैसा चाहिन्छ । चाहिने सबै सामाग्री समयमै उपलब्ध हुनपर्यो । रकम निकाल्न र समयमै सामाग्री उपलब्ध गर्न सकेको भए अवस्था फरक हुने थियो । यसका हाम्रा कमजोरी भएका छन् । समयमै काम गर्न सकेनौ । हरेक कामको लागि नियमित कार्यमा लाग्नुपर्ने थियो । हामी समयमा काम गर्न सकेनौ ।

अर्थमन्त्रालयले छिटो छरितो तरिकाले रकम निकासा गरिदिएन । यसमा हाम्रो नेतृत्वले समयमा पहल गरेन होला त्यो फरक बिषय हो । अथवा अन्तिममा मात्र जोड गरेको होला । अब हामीले माघमा प्रतियोगिता सारेका छौ । अव सार्न पर्ने अवस्था हुदैन ।

निर्धारित मितिमै आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता होस भनेर हामीले चाहेका थियौ, स्थानियले चाहेका थिए । तर काम पुरा नभएपछि बिचैमा प्रतियोगिता सञ्चालन गर्न भएन ।

पुर्वाधार निर्माणाधिन अवस्थामा समेत प्रतियोगिता भएका छन् । यसको मिति सार्नुको उद्धेश्य के हो ?

चौथो राष्ट्रिय खेलकुद प्रतियोगिता गर्दा नेपालगञ्ज र स्थानीयले केही पनि पाएनन् । निर्माण पुरा नगरि प्रतियोगिता गरिएको थियो । सोही कारण विभिन्न संरचनाको काम अधुरै छाडेर हामी प्रतियोगिता आयोजना गर्ने पक्षमा थिएनौ । हामी संरचना बनाउछौ अनि मात्र प्रतियोगिता आयोजना गर्नेछौ ।

फेरी पनि राष्ट्रिय प्रतियोगिता सर्न सक्ने चिन्ता छ । सारिएको मितिमै प्रतियोगिता हुने ग्यारेन्टी के त ?
कामहरु जमिन भन्दा माथि उठेपछि मात्र थाहा हुने रहेछ । ढलान र डिजाईनको काम भईरहेको हुन्छ । आधारभुत र जगको काम हुदाँ काम नदेखिएको हो । यदी सारिएको मितिमा समेत प्रतियोगिता सम्पन्न गर्ने हो भने रकम निकासाको काममा ढिला सुस्ती गराउनु भएन ।

राखेप बोर्डले अर्थमन्त्रालयबाट आवश्यक बजेट माग्ने बिषयमा निर्णय भएको छ । निर्णय अनुसार अर्थमन्त्रालयबाट छिटै रकम निकासा गराउनुपर्छ । चार्डपर्वको समय छ । अर्थका समेत आफ्नै प्रक्रियाहरु छन् । त्यसमा विलम्ब गर्नुहुदैन ।

नेपाली खेलकुदमा नियमित रुपमा राष्ट्रिय प्रतियोगिता हुदैनन् । प्रतियोगिता आयोजनाबाट प्रदेशले कसरी लाभ लिन सक्छ ?

राष्ट्रिय प्रतियोगिता समयमै सम्पन्न नहुनुका कारण धेरै छन् । विगतमा समेत धेरै सयमको अन्तरमा प्रतियोगिता आयोजना हुँदै आएको छ । नियमित २ बर्षमा प्रतियोगिता आयोजना हुनपर्छ, त्यो भएको छैन । त्यसलाई हामी परिवर्तन गर्न तयार छौ ।

हालको प्रतियोगितालाई समयमै सम्पन्न गर्न तयार छौ । यसलाई अर्को बर्ष सार्ने कल्पना समेत गर्न सक्दैनौ । प्रदेश नम्बर ५ अन्तर्गत बाँके, बर्दिया, दाङ लगायतले प्रतियोगिताको नाममा धेरै भौतिक सामाग्री पाएको छ । प्रतियोगिता आयोजना हुदाँ त्यसका तत्कालिन प्रभाव त्यस प्रदेशमा पर्छ । तर मुख्य कुरा प्रदेशले ठुलो संरचनाहरु प्रतियोगिता आयोजना हुन पाउछन् ।

अब हामी प्रादेशिक खेलकुद विकास समितिको संरचनामा जादैछौं । प्रादेशिक संरचनामा हुन लागेको पहिलो राष्ट्रिय प्रतियोगिताको आयोजना कत्तिको चुनौतपुर्ण देख्नुहुन्छ ?
सातौ राष्ट्रिय खेलकुद प्रतियोगितासम्म क्षेत्रगत हिसावले प्रतियोगिता सञ्चालन गरियो । अब हामी प्रादेशिक संरचना अनुसार प्रतियोगिता आयोजना गर्दैछौ । अब जिल्लाहरु क्षेत्रमा नभएर प्रदेशमा गाभिएका छन् । धेरै प्रदेशमा फेरबदल भएका छन् ।

तर हिजो कर्णाली प्रदेशको समस्या, महत्व र भविष्यको बिषयमा मध्यपश्चिम जति जानकार थियो, आज आएर पाल्पा, अर्घाखाँची, गुल्मी लगायतका जिल्लामा खेलकुदको कस्तो प्रकारको स्थिती छ भन्ने कुरामा जानकारी छैन । त्यसले केही गाह्रो हुन्छ । यसकालागि हामीले केही अध्ययन गरेका छौ । सोही कारण खासै समस्या नहोला ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
शेख दाजु भाइको सानदार ब्याटिङ

शेख दाजु भाइको सानदार ब्याटिङ

लगातार बेञ्चमा कुशल

लगातार बेञ्चमा कुशल

करण र आसिफ आए, सोमपाल र भीम बाहिरिए

करण र आसिफ आए, सोमपाल र भीम बाहिरिए

नेपालले जित्यो

नेपालले जित्यो

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

मेन्डी घाइते

मेन्डी घाइते

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य